कृष्णबहादुर महरा
२६ फागुन, काठमाण्डाै । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।
संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विराेध निर्वाचित गरेको हो ।
महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए ।
साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन् ।