१२ असार २०८१, बुधबार

काठमाडौं उपत्यकामा निजी गाडी चलाउन पाउने गरि निषेधाज्ञा थप गर्ने तयारी


लकडाउन

उपत्यकामा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने गरि निषेधाज्ञा थप गर्ने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिएको स्रोतले बतायो । स्रोतका अनुसार आइतबार बसेको काठमाडौं जिल्लाको डीसीसीएमसी बैठकले निजी गाडीलाई खोल्न दिने कुरा भएको र डालिटीबारे टुंगिएको छैन ।

डीसीसीएमसीले खाद्यान्न पसलहरु पनि ४ बजेसम्म खोल्न सुझाव दिएको छ । अन्य व्यवसायलाई पनि बारअनुसार सञ्चालन गर्न दिनुपर्ने भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले गृह मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर निर्णय गर्नुपर्ने भएकाले निषेधाज्ञालाई खुकुलो बनाउने मोडालिटीको अन्तिम टुंगो लागिसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !