६ जेष्ठ २०८१, आइतबार

फोरम पनि सरकारमा सहभागी हुने


upendra

२२ फागुन, काठमाण्डौ । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम पदाधिकारीहरुको मंगलबार विहान बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । संविधान संशोधन गर्ने प्रतिवद्धता एमाले र माओवादीवाट आएको कारण फोरम सरकारमा सहभागी हुन लागेको हो ।

तर, मन्त्रालय भागवण्डा नमिलेका कारण सहमतिले अन्तिम रुप पाउन सकेको थिएन । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।

आज बाम गठबन्धन र फोरम बीच सहमतिमा हस्ताक्षर हुन लागेको हो ।

फोरम सरकारमा सहभागी भएसंगै सरकारको दुईतिहाई बहुमत पुग्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !