८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणका कारण न्यायाधीश पौडेलको निधन


देवेन्द्र पौडेल

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

ललितपुरस्थित स्टार अस्पताल सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि अस्पताल लगिएको थियो । स्व. न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । पौडेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !