१९ बैशाख २०८१, बुधबार

महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यलाई सपथ खुवाउने


Mahanta-Thakur

२० फागुन, काठमाण्डौ । प्रतिनिधिसभाका सदस्यहरुलाई राजपा नेता महन्थ ठाकुरले सपथ खुवाउने भएका छन् ।
नागरिकतामा भएको त्रुटीका कारण राजपाका सांसद मेहन्द्र राय यादव जेष्ठ सदस्य बनेका थिए । यादव वास्तवमा ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो । उनले नै सांसदहरुलाई सपथ गराउने तय भएको थियो ।

तर, अन्तिम समयमा आएर उनले आफू सपथमा अनुपस्थित हुने सूचना दिएका छन् । नागरिकताका आधारमा त म नै जेष्ठ सदस्य हुँ तर, सार्वभौम संसदको सम्मान गर्नुपर्छ । त्यसैले मैले सपथ नगराउने निर्णय लिएको छु’ उनले भने ।

अब ७५ वर्षीय ठाकुरले शपथ गराउने संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

ठाकुरलाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् । त्यसपछि ठाकुरले सांसदहरुलाई सपथ गराउनेछन् ।

प्रतिनिधिसभाका सदस्यले अपरान्ह ४ बजे र राष्ट्रिय सभाका सदस्यले साँझ ५ बजे सपथ लिने संसद सचिवालयले जनाएको छ।

महेन्द्र राय यादवले भने भोलि सपथ लिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !