३० कार्तिक २०८१, शुक्रबार

सभामुख र उपसभामुखको निर्वाचनपछि मात्रै राष्ट्रपतिको निर्वाचन हुने


Sambidhan-Sabha- bhawan

१६ फागुन, काठमाण्डौ ।   प्रतिनिधि सभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन राष्ट्रपतिको निर्वाचन अघि हुने भएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदैछ ।

त्यसअघि नै संघीय संसदका दुवै सदनको नेतृत्वका लागि निर्वाचन गर्ने सहमति आज संसद सचिवालयले आह्वान गरेको दलहरुको बैठकमा भएको छ ।

बैठकले प्रतिनिधि सभाको सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन तालिका तयार गर्न र यस विषयमा गृहकार्य गर्न सचिवालयलाई निर्देशन  दिएको छ ।

निर्वाचनको मिति भने २० गते बस्ने दलहरुसहितको अर्को बैठकले टुङ्गो लगाउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !