८ जेष्ठ २०८१, मंगलबार

रेशम चौधरी गरे आत्मसमर्पण


choudhari

१४ फागुन, काठमाण्डौ । कैलाली जिल्ला क्षेत्र नं १ वाट निर्वाचित रेशम चौधरी आज सोमवार कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् ।

राष्ट्रिय जनता पार्टीवाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए, तर चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको छ । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !