पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा भरत खड्का, समावेशी सहसचिवमा देवराज Nepalpatra पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा भरत खड्का, समावेशी सहसचिवमा देवराज

१६ श्रावण २०७८, शनिबार

पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा भरत खड्का, समावेशी सहसचिवमा देवराज


भरत खड्का

चरिकोट । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दोलखाको अध्यक्षमा दिपशङ्कर चौलागार्इं निर्वाचित हुनुभएको छ । यही चैत २५ गते भएको निर्वाचनमा प्रेस चौतारीका केदार शिवाकोटीलाई १० मतान्तरले पराजीत गर्दै नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतरी नेपालको गठबन्धनको तर्फबाट चौलागार्इं विजयी हुनुभएको हो ।

संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार चौलागार्इंले ५८ मत प्राप्त गर्नुभएकोे थियो भने शिवाकोटीले ४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा श्रजनकुमार घिमिरे र नविन खतिवडा तथा सचिवमा दिलबहादुर केसी, सहसचिवमा विमला बुढाथोकी र उषा तामाङ विजयी भएका छन् । ११२ जना सदस्य रहेको पत्रकार महासङ्घ दोलखाको चुनावमा १०६ मत खसेको थियो ।

उदयपुर– नेपाल पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा भरत खड्का पुनः निर्वाचित हुनुभएको छ । खड्काले आफ्ना अध्यक्षका अर्का प्रतिद्वन्द्वी भोटराज राईलाई ३९ भन्दा को बदला ५४ मत प्राप्त गरेर सङ्घको अध्यक्ष पदमा पुनःनिर्वाचित भएको सङ्घको निर्वाचन समितिकमा संयोजक कौशल चेमजोङले बताउनुभयो ।

उपाध्यक्षमा पर्शुराम थापा र समावेशी उपाध्यक्षमा गङ्गाकुमारी राई, सचिवमा विश्वराज तामाङ, कोषाध्यक्षमा गणेश उप्रेती, सहसचिवमा ऋषी राई र समावेशी सहसचिवमा देवराज राई विजयी भएका छन् । सदस्यमा चन्द्रकुमार राई, दिनेश राई, बुद्धि राई र होम बस्नेत तथा प्रदेश पार्षदमा केदार कटुवाल र केदार थापा एवं केन्द्रीय परिषद् सदस्यमा कुशलबाबु बस्नेत र भक्तिविलास पोखरेल निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !