१० पुस २०८१, बुधबार

त्रिशूलीमा दुर्घटना हुँदा सिँचाइ सचीव यादवको शव भेटियो, अन्य दुईको खोजी जारी


accident

२७ माघ, काठमाण्डौ । त्रिशूलीमा गाडी दुर्घटना हुँदा सिँचाइ सचीव रामानन्द यादव मृत भेटिएका छन् । शनिबार बिहान दुर्घटना हुँदा यादव र अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

शनिबार बिहान ३ बजेतिर सचीव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । दुर्घटनामा सचीव यादवसहित उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचीव यादवको शव फेला परेको घादिङ प्रहरीका एसपी ध्रुवराज राउतले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !