१२ असार २०८१, बुधबार

महेन्द्रबहादुर शाही ६ नम्वर प्रदेश माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन


mahendra bahadur shahi

२५ माघ, सुर्खेत । निवर्तमान उर्जामन्त्री महेन्द्रबहादुर शाही बिहीबार ६ नम्वर प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएपछि शाहीलाई भावी मुख्यमन्त्रीको बाटो सहज भएको छ ।

भावी मुख्यमन्त्रीका रुपमा हेरिएका महेन्द्रबहादुर शाहीले प्रदेशको आमूल परिवर्तनका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले पाँच वर्षभित्र प्रदेशलाई समृद्धिको मार्गमा ढोर्‍याउने र १० वर्षभित्र देशकै समृद्ध प्रदेश बनाउने योजनासहित आफू प्रदेशको नेतृत्व गर्न लागेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !