१४ आश्विन २०८१, सोमबार

नामिबिया १३८ मै अलआउट


nepali player

२५ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाललाई नामिबियाले १३९ रनको लक्ष्य दिएको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

पहिलो ओभरवाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो । उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए ।

उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । गि्रन र जान फ्राइलिंकले समान २२ रन जोडे । त्यस्तै सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्का, शरद भेषवाकर र वसन्त रेग्मीले १/१ विकेट लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !