६ बैशाख २०८१, बिहिबार

आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफल (फोटो फिचर)


आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन आग्रह गरेका छन् । आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन जसरी पनि सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।

मन्त्रिपरिषदले हिजो गरेको निर्णय अनुसार पहिलो र दोस्रो चरणको चुनाव हुने जिल्लाको बारेमा समेत छलफल गर्न ओली सहित उनको समूहका नेताहरु आयोग गएका हुन् । ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु आयोग पुगेका थिए ।

थापाका अनुसार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएका थिए भने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउने बताएको उनले जानकारी दिए ।

थापाका अनुसार निर्वाचनको तयारीका विषयमा छलफल गर्दै आयोगको तयारीलाई प्रधानमन्त्रीले धनयवाद समेत दिएका छन् । तर यसअघि नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।

थापाका अनुसार प्रधानमन्त्री ओलीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले आयोगको तयारी सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए ।
आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफलआयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफलआयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफलआयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफल

तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीद्वारा आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन आग्रह

प्रधानमन्त्री ओली किन अचानक पुगे निर्वाचन आयोग ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !