प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता पठाएको भनेर ओलीले झुटो बोलेको निर्वाचन आयोगको दावी Nepalpatra प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता पठाएको भनेर ओलीले झुटो बोलेको निर्वाचन आयोगको दावी
१५ फाल्गुन २०७७, शनिबार

प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता पठाएको भनेर ओलीले झुटो बोलेको निर्वाचन आयोगको दावी


निर्वाचन आयोग

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहले आयोगमा दिएको निवेदन फिर्ता गरेको दावी गरेसँगै उक्त अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ । प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका थिए ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता नभएको बताएका छन्। प्रमुख आयुक्त थपलियाले दर्ता भएको निवेदन फिर्ता नहुने र आयोगमा आएर दर्ता भएको चिज रहिरहने बताए । ओलीले भाषणका क्रममा के भने सो थाहा नभएको र आयोगले फिर्ता गर्ने कुरा नभएको प्रमुख आयुक्त थपलियाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु