१५ आश्विन २०८१, मंगलबार

आकस्मिक आश्रय भवन शिलान्यास


रामेश्वर राय यादव File Photo

सर्लाही, ३ मङ्सिर । सर्लाहीको लालबन्दीमा आकास्मिक आश्रय भवनको शिलान्यास गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भवन निर्माणको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखमा सो भवन निर्माण हने बताइएको छ । सो अवसरमा मन्त्री यादवले देश विकासमा सबै राजनीतिक शक्ति एक भएर लागेमा मात्र नेपाली जनताले गाउँ–गाउँमा सिंहदरबार आएको महसुस गर्ने बताउनुभयो ।

प्रशान्त आर्चाय, कृष्ण दाहाल, गोविन्द महत, सूर्यनारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लालबहादुर गोले र दिलकुमारी पाख्रिङले चार कठ्ठा पाँच धुर जग्गा सहयोग गरेर भवन निर्माणस्थल जुटाउनु भएको लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले जानकारी दिनुभयो । दैवी प्रकोप तथा विपत्तिको समयमा मानवीय सङ्कट सिर्जना नहोस् भन्नका लागि सो भवनको निर्माण हुन लागेको हो ।

चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी जयधनन्जय रवीन जेबि निर्माण कम्पनीले ठेक्का लिएको हो । सो भवनमा करिब २५० जनासम्म अटाउन सक्ने क्षमता छ । शहरी विकास तथा भवन निर्माण कार्यक्रमले लालबन्दी नगरपालिका–१०, ८ र ४ का साथै हरिवन नगरपालिका–१ मा सो भवन तथा सुख ज्येष्ठ नागरिक आवासको निर्माण गर्न लागेको हो । लालबन्दी नगरपालिका–८ मा ६ करोड र वडा नं–४ मा पाँच करोडको लागतमा भवन बन्ने भएको छ भने हरिवन नगरपालिका– १ मा रु दुई करोड ५० लाख लागतमा भवन निर्माण हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !