१ मंसिर २०८१, शनिबार

प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जनामा कोरोना संक्रमण पुष्टि


प्रदेश १

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् । सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो ।

सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !