१२ असार २०८१, बुधबार

पटका रोक्न सीमामा प्रहरी परिचालन


पटाका

महेन्द्रनगर, १९ कात्तिक । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाका लगायतका विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिम प्राप्त कुकुर सहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारहरुबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिनुभयो ।

“ सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साझँ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्छौ”, प्रवक्ता थापाले भन्नुभयो, “ गड्डाचौकीनाकादेखि पुर्वी डोकेबजार सीमानाकासम्म परिचालन गरी कडाइ गर्छौ ।”

भारतसित सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो । यात्रुहरुलाई मात्रै नभई सवारीसाधनहरुमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ”, उहाँले भन्नुभयो, “ चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाएर ग्रामीण र सीमानाकासम्म प्रहरी खटिएको छ ।” जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !