१३ आश्विन २०८१, आइतबार

केवाबेँसीमा अस्थायी प्रहरीचौकी


nepal-police

खाँदबारी, ८ साउन । धनकुटा र सङ्खुवासभाको सिमाना केवाबेँसीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । धर्मदेवी नगरपालिका–८ मा पर्ने धनकुटा र सङ्खुवासभाको सिमानामा पटक–पटक चौकी माग गरे पनि स्थापना हुन सकेको थिएन ।

चौकी सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । प्रहरीका लागि स्थानीयवासी भक्तबहादुर कटुवाल दुर्गादेवी कटुवाल र ज्ञानबहादुर कटुवालले जग्गासमेत निःशुल्क दिनुभएको छ । यसअघि सभाखोलामा जाँच भएपछि धनकुटाको लेगुवाघाटमा मात्र प्रहरीचौकी थियो ।

केवा आसपासका स्थानीयवासीलाई चौकी नहुँदा सभाखोलासम्म आएर उजूरी गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी धनमाया श्रेष्ठले बताउनुभयो । जिल्ला प्रवेशको मुख्य नाका भएका कारण सुरक्षा सर्तकताको दृष्टिकोणले सुरक्षामा कडाइ गरिने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख नवराज मल्लले बताउनुभयो । सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको प्रहरी टोली राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !