१४ पुस २०८१, आइतबार

पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका सङ्क्रमित


पाकिस्तानमा कोरोना

इस्लामावाद, २१ जेठ । पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार ६८८ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा बुधबार मात्र ६७ जना संक्रमितको ज्यान गएको छ । पाकिस्तानको सिन्ध, पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिर बढी प्रभावित क्षेत्रको रुपमा रहेका छन् ।

सङ्क्रमितहरुमध्ये २८ हजार ९२३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४९ हजार ८५२ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !