१७ असार २०८१, सोमबार

पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित


पाकिस्तानमा कोरोना

इस्लामावाद, ७ जेठ । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ४५ हजार ८९८ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा संक्रमितमध्येका ९८५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तनमा बुधबार मात्र ४६ जना संक्रमितको ज्यान गएको छ ।

विगत २४ घण्टा भित्रमा यहाँका ५० जनाको मृत्यु भएको र दुई हजार जनाभन्दा बढी संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । सो राज्यमा १७ हजार भन्दा बढी व्यक्ति संक्रमणमा परेका छन् ।

त्यसैगरी पञ्जावमा १६ हजार, खैबर पाख्तुनख्वामा छ हजार ३२५, बलुचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना संक्रमित रहेका छन् ।

संक्रमितहरुमध्ये १३ हजार १०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३१ ह्जार ८१२ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !