१७ असार २०८१, सोमबार

रुसमा कोरोनाबाट ३ लाख सङ्क्रमित, करिव ३ हजारको मृत्यु


रुसमा कोरोना

मस्को, रुस, ७ जेठ । विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोना भाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै आठ हजार ५०० नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको पुगेको छ । एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन् ।
देशको राष्ट्रिय कोरोनाभाइरस नियन्त्रण केन्द्रले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ ।

विश्वमै धेरै सङ्क्रमितहरु रहेको मध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सवैभन्दा अगाडी अमेरिका रहेको छ ।

अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !