१९ असार २०८१, बुधबार

विश्वभर कोरोनाबाट ३ लाख १६ हजार भन्दा बढीको मृत्यु, ४८ लाख बढी संक्रमित


विश्वभर कोरोना संक्रमितको संख्या

काठमाडौं, जेठ ५। कोरोना भाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख १ हजार नाघेको छ । ओल्ड़ोमिटर्सका अनुसार नेपाली समयानुसार सोमवार बिहान ८:४५ सम्ममा विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख १ हजार ८ सय ७५ पुगेको छ । संक्रमणबाट ३ लाख १६ हजार ६ सय ७५ को मृत्यु भई सकेको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार ९ सय ७८ पुगेको छ । अमेरिकामा १५ लाख २७ हजार ६ सय ६४ संक्रमित भइसकेका छन् । पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५२ पुगेको छ भने २ हजार ६ सय ३१ जनाको मृत्यु भई सकेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ । कोरोना संक्रमणबाट बेलायतमा ३४ हजार ६ सय ३६, इटलीमा ३१ हजार ९ सय ८, फ्रान्समा २८ हजार १ सय ८, स्पेनमा २७ हजार ६ सय ५० को मृत्यु भई सकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ भने ३ हजार २५ जनाको मृत्यु भई सकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ४० हजार १ सय ५१ पुगेको छ । त्यहाँ ८ सय ७३ जनाको मृत्यु भई सकेको छ । विश्वभर १८ लाख ५८ हजार १ सय ७० संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !