२ मंसिर २०८१, आइतबार

आफ्ना नागरिक ल्याउन पश्चिम बङ्गालद्वारा १०५ रेलको व्यवस्था


पश्चिम बङ्गालद्वारा १०५ रेलको व्यवस्था

कलकत्ता, १ जेठ । भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ । राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गर्नुभएको हो ।

लकडाउनका कारण अलपत्र परेका, पश्चिम बङ्गाल राज्यमा आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई ल्याउनका लागि ती रेलहरुको व्यवस्था गरिएको हो ।“हाम्रा नागरिकलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी अनुसार हामीले राज्यभन्दा बाहिर रहेका व्यक्तिहरुलाई आउनका लागि विषेश रेलहरुको व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।

आउन चाहने सवैलाई पुग्नेगरी १०५ वटा रेलको व्यवस्था गरिएको पनि उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिनुभएको छ । उहाँले देशका विभिन्न ठाउँमा आउन चाहनेहरुको संख्याका आधारमा ती विषेश रेलहरु पठाइने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !