२ कार्तिक २०८१, शुक्रबार

३ हप्ताको गुप्तवासपछि सार्वजनिक कार्यक्रममा देखिए किम


३ हप्ताको गुप्तवासपछि सार्वजनिक कार्यक्रममा देखिए किम

एजेन्सी, वैशाख २० । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन करीव ३ हप्ता वा २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । किमको स्वास्थ्यबारे फैलिरहेको अनेक हल्लाका बीच उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाएको छ ।

केसीएनएका अनुसार किम राजधानी प्योङयाङ नजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरू सहित उपस्थित भएका हुन् । नेता किमले मल कारखानको उद्घाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ ।

रोडोङ सिन्मुन अखबारको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिएका फोटोहरुमा किमलाई हाँस्दै गरेको र रिबन काट्ने समारोहमा सहयोगीहरूसँग कुरा गरिरहेको देख्न सकिन्छ । यो बाहेक उनले बोटबिरुवाहरु हेर्दै गरेको तस्वीरहरू पनि सार्वजनिक भएको छ । यद्यपी ती फोटोहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

शुक्रवार अघि किम सार्वजनिक रूपमा अन्तिमपटक अप्रिल ११ मा देखा परेका थिए । अप्रिल ११ पछि किमले सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो ।

अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा उपस्थित नभएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिदैं आइएको थियो । यस अवधिमा किमका कुनै पनि गतिविधिका तस्वीर प्रकाशित नभएपनि उनी नियमित गतिविधिहरूमा सक्रिय रहेको बताइएको छ ।

राज्य सञ्चालित उत्तर कोरियाली सञ्चार माध्यमले भने नेता किमबारे केही बोलेको थिएन । तथापि उसले तस्बिर सार्वजनिक नगरिकनै नेता किमले दैनिक क्रियाकलाप गरिरहेको समाचार भने प्रकाशन गर्दै आइरहेको थियो ।

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उहाँको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका थिए । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका थिए ।

उत्तर कोरियाका नेता किम जोन उनको मुटुको शल्यक्रिया गरिएको जनाइएको थियो । दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेताको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको थियो ।

यो पनि पढ्नुहोस्

उत्तर कोरियाली नेता किम जिवीतै हुनुहुन्छ : सोल

किम जोङ उनको स्वास्थ्य अवस्था क्रिटिकल, मुटुको शल्यक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !