१२ असार २०८१, बुधबार

आगलागीपछि एक सय भन्दा बढी व्यक्तिको उद्धार


आगलागी

१ बैशाख, एजेन्सी । दक्षिणपश्चिम मस्कोमा रहेको एक आवासीय भवनमा आगलागी भएपछि एकसय भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको रुसको समाचार समिति स्पुतनिकले सोमबार जनाएको छ ।

उद्धार गरिएका ती व्यक्तिहरुलाई ‘कोरस्टोन होटेल’मा अस्थायी बसोवासको प्रबन्ध मिलाइएको सो समाचार समितिले रुसी आपतकालिन मन्त्रालयका प्रवक्ताको भनाइ उद्धृत गर्दै जानकारी दिएको छ ।

आगलागी भएको यो भवन लेनिनस्की एवेन्युमा अवस्थित रहेको बताइएको छ । उक्त आगलागी दुई हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !