१२ असार २०८१, बुधबार

उपराष्ट्रपतिसहित दुई मन्त्रीलाई कोरोनाकाे संक्रमण


इसक जहानगिरी

एजेन्सी, २९ फागुन । कोरोना भाइरसका कारण विश्वरी नै तरंगित बनाइ रहेको बेलामा मृत्यु हुनेकोको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ । त्यहि क्रममा इरानका उपराष्ट्रपति इसक जहानगिरी, सांस्कृतिक सम्पदा तथा पर्यटन मन्त्री अलि असगर मौनेसन र खानी तथा उद्योग मन्त्री रेजा रहमानीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

मध्यपूर्वी क्षेत्रमा इरान कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । इरानमा गएको २४ घण्टामा ६२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३५४ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९ हजारमा संक्रमण देखिएको छ । अहिलेसम्म वरिष्ठ अधिकारी तथा सांसदसहित ७ जनाको भाइरसको संक्रमणबाट ज्यान गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !