२२ पुस, एजेन्सी । दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकार अमेरिकाको भ्रमणमा जानुभएको छ । उहाँ मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको दक्षिण कोरियाली समाचार समिति, योन्हापले जनाएको छ । उहाँ अमेरिकापछि जापान पनि जानुहुने कोरियाली अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार सल्लाहकार चुन एइ योङ कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको तनावका विषयमा आवश्यक सल्लाह गर्न अमेरिका र जापान जान लाग्नुभएको हो । कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाका बारेमा सल्लाहकार चुनले आवश्यक अमेरिका र जापानसँग आवश्यक परामर्श गर्न लाग्नुभएको हो ।
दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको माध्यमबाट दिगो शान्ति स्थापनाको समाधान खोजिरहेको छ । तर उत्तर कोरिया र अमेरिकाको पछिल्लो वार्तापछि पनि त्यहाँ शान्ति स्थापनाको काम हुन भने सकिरहेको छैन ।
उहाँले बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालय रोबर्ट ओ बरिनसँग कोरियाली प्रायद्वीपको बारेमा आवश्यक सरसल्लाह गर्नुहुने छ ।