१२ असार २०८१, बुधबार

आगलागीवाट ३ बालबालिकासहित ९ को मृत्यु, अन्य ३ गम्भीर घाइते


आगलागी

एजेन्सी, भारतको राजधानी दिल्लीमा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् । दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएका हुन् ।

दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार राती साढे १२ बजे आगलागीको सूचना आएको थियो । त्यसपछि आठवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो । बिहान करिब ३ बजेर ५० मिनेट जाँदा आगोमाथि नियन्त्रण पाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !