१३ पुस २०८१, शनिबार

राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव स्वीकृत


डोनाल्ड ट्रम्प

१५ कात्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले औपचारिक रुपमा सुरु स्वीकृत भएको छ । बीबीसीका अनुसार महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी प्राप्त भएको होइन, बरु यसबाट ट्रम्पविरुद्धको जाँच सार्वजनिक चरणमा पुगेको छ ।

डेमोक्रेट्सको बहुमत रहेको तल्लो सदनमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगका लागि समर्थन जुटाउने यो पहिलो औपचारिक कोसिस रहेको बीबीसीले उल्लेख गरेको हो । ट्रम्पका वकिलहरुको अधिकार क्षेत्र पनि तोकिएको यस प्रस्तावको ह्वाइट हाउसले भने निन्दा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !