४ मंसिर २०८१, मंगलबार

अफगानिस्तानमा छ महिनामा तेह्र सय बढी सर्वसाधारण मारिए


Afgansthan

काबुल १४ साउन । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ ।

तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ । राष्ट्रसंघले सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा भएको मानवीय क्षतिको विषयमा मङ्गलबार प्रकाशित एक प्रतिवेदनमा उक्त जानकारी दिइएको छ ।

यस सशस्त्र द्वन्द्वमा परी सन् २०१९ जुन ३० सम्म चारसय ३० जना महिलाको मृत्यु वा अंगभंग भएको छ । ती महिलामा एक सय ४४ जनाको मृत्यु भएको र अन्य २ सय ८६ जना घाइते भएका छन् । यो सङ्ख्या सन् २०१८ को यसै समयको तुलनामा २२ प्रतिशतले घटेको हो ।

सन् २०१९ को शुरुको छ महिनामा भएको यस द्वन्द्वमा परी तीन सय २७ बालबालिकाको मृत्यु हुनुका साथै अन्य आठ सय ८० जना घाइते भएका थिए । बालबालिकाको यो हताहत सङ्ख्या उच्च भएको र सर्वसाधारणको हताहतको ८४ प्रतिशत बालबालिका नै रहेको जनाइएको छ ।

सो मिसनका अनुसार अध्ययन गरिएको उक्त समयमा ५२ प्रतिशत सर्वसाधारण मारिएका छन् भने ३७ प्रतिशत सुरक्षाकर्मीको ज्यान गएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !