१७ आश्विन २०८१, बिहीबार

रुसमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १३ जना घाइते


russs

मस्को, ३० असार । रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

स्थानीय प्रहरीले बसमा ३९ यात्रु सवार रहेका र कम्तीमा १३ जना घाइते भएको जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !