१६ आश्विन २०८१, बुधबार

ग्रीसमा छ पर्यटकको मृत्यु


शव

ग्रीस, २६ असार । ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए ।

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ । प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् ।

मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।

स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ । ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !