१६ आश्विन २०८१, बुधबार

स्वालवेलले राष्ट्रपतीय चुनावी अभियान त्यागे


अमेरिकी

वासिङ्टन, २४ असार । अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गर्नुभएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । डेमोक्रेटिक पार्टीबाट ठूलो संख्यामा राष्ट्रपतिका आकाँक्षीहरु पार्टीको प्राथमिक चुनावी मैदानमा छन् ।
संयुक्तराज्य अमेरिकामा राष्ट्रपतिको उम्मेदवार हुन पार्टीको प्राथमिक चुनावमा विजयी हुनु पर्दछ ।

क्यालिफोर्नियाका सांसद स्वालवेलले पार्टीभित्र राम्रो जनमत सिर्जना गर्न नसकेपछि आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ ।

अमेरिकी तल्लो संसदको गुप्तचर समितिका सदस्य समेत रहनुभएका स्वालवेलले अर्को चुनावमा संसदमै उठ्ने तयारी गरेको बताउनुभयो । उहाँ सन् २०१३ देखि नै अमेरिकी संसद कङ्ग्रेसको सदस्य हुनुहुन्छ ।

उहाँले गत अप्रिलमा राष्ट्रपतिको उम्मेदवार हुने भन्दै पार्टीको चुनावी कार्यक्रममा सहभागी हुनुभएको थियो । गत महिना मियामीमा भएको पछिल्लो बहस कार्यक्रममा स्वालवेलले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो ।

एबीसी न्यूजले गरेको पछिल्लो चुनावी सर्वेक्षणमा स्वालवेलले शून्य प्रतिशत मत प्राप्त गर्नुभएको देखिएको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !