१६ आश्विन २०८१, बुधबार

अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच छलफल


डोनाल्ड ट्रम्प

वासिङ्टन, २२ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले उत्तर कोरियाको बारेमा छलफल गर्नुभएको छ ।

टेलिफोनमार्फत् भएको छलफल शुक्रबार भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उहाँहरूले वासिङ्टन र लण्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियार लगायतका बारेमा पनि छलफल गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उहाँहरूले इरानका बारेमा पनि कुराकानी गर्नुभएको बताइएपनि वक्तव्यमा बिस्तृत जानकारी दिइएको छैन । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !