१२ असार २०८१, बुधबार

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी


आगलागी

ढाका, १८ असार । बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भिषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको आगो नियन्त्रणमा ल्याउन १२ घण्टाभन्दा बढी समय लागेको थियो । बंगलादेशमा असावधानीका कारण तयारी पोशाक कारखानाहरुमा बारम्बार आगलागीका घटना हुने गरेका छन् ।

मंगलबार राति शुरु भएको आगो नियन्त्रणमा ल्याउन पानीको अभाव भएको स्थानीय अग्निनियन्त्रक प्रमुख अख्तर उज जमानले बताउनुभयो ।

अख्तरले घटनास्थलबाट छ जनाको शव निकालिएको जानकारी दिनुभयो ।

आगलागीबाट उद्योग परिसरमा रहेका आधाभन्दा बढी भवनहरुमा क्षति पुगेको छ । क्षतिग्रस्त भवनमा अरु पीडितको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

चीनपछि विश्वमै तयारी पोशाक उत्पादन गर्ने दोस्रो ठूलो मुलुक बंगलादेश हो । तर उद्योगमा नियमितझैं आगलागी र अरु दुर्घटना हुने गरेको भन्दै आलोचना हुने गरेको छ । सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो ।

ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !