१५ आश्विन २०८१, मंगलबार

दक्षिण अफ्रिका, मोजाम्बिकबीच छलफल


south africa

प्रिटोरिया, १३ असार । दक्षिण अफ्रिकी सरकारले यसै महिना मोजाम्बिकसँगको सीमामा दुई जना मोजाम्बिकका प्रहरीको गोली हानी हत्या भएको घटनाप्रति छानबिन गर्ने जनाएको छ ।

दक्षिण अफ्रिकी मन्त्री ज्याक्सन मेथेम्बुले प्रिटोरियामा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका बारेमा छलफल गर्न दक्षिण अफ्रिकी उच्चस्तरीय टोलीले मोजाम्बिकको भ्रमण गर्ने जानकारी दिनुभयो ।

दक्षिण अफ्रिकी टोलीमा दक्षिण अफ्रिकी राष्ट्रिय प्रतिरक्षा बल र प्रहरीका उच्च अधिकारीहरुको सहभागिता रहनेछ ।

दुई देशीय सीमामा भएको उक्त घटनाका बारेमा अध्ययन भइरहेको दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ ।

मन्त्री मेथेम्बुले छिमेकी मुलुक मोजाम्बिकका नागरिकमाथि भएको यस्तो आक्रमणले दुःखी बनाएको बताउँदै घटनाका बारेमा तथ्य सार्वजनिक गरिने बताउनुभयो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !