१५ आश्विन २०८१, मंगलबार

अफगानिस्तानको आक्रमणमा आठ प्रहरी मारिए


हिंसा

१३ असार, काबुल । अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् ।
यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिनु भएको छ ।

शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।
तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारी र तालिबानबीच भएको दोहोरो भिडन्तमा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

तर यति नै सङ्ख्यामा आतङ्ककारीतर्फ हताहत भएको सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस आक्रमण र झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !