४ मंसिर २०८१, मंगलबार

हवाई आक्रमणमा एघार लडाकू मारिए


सात प्रहरी अधिकारीको मृत्यु

लासकार घा, ३० जेठ । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ ।

यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । हेल्मण्ड प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेको छैन ।

यसैबीच अफगानिस्तानको कान्दाहार प्रान्तमा २० तालिबान लडाकू पक्राउ परेका छन् । अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्त १० दिनयता ती २० लडाकू पक्राउ परेका गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका यी सबै तालिबान लडाकू सरकार विरोधी हिंसात्मक क्रियाकलापहरुमा सहभागी रहँदै आएका छन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !