४ मंसिर २०८१, मंगलबार

मलावीमा सडक दुर्घटना बढ्यो


लिलोङ्वे, २४ जेठ । मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

मलावीका प्रहरी प्रवक्ता थोमेक न्याउडेले सन् २०१९ को पहिलो तीन महिनामा मुलुकभर दुई हजार ३५० वटा सडक दुर्घटना दर्ता भएको जानकारी दिनुभयो । उहाँले गत वर्ष यही अवधिमा केबल ९६५ वटा सडक दुर्घटना भएका थिए ।

दुर्घटनाको प्रवृत्ति अध्ययन गर्दा सडक प्रयोगकर्ताहरुले सामान्य सावधानी अपनाएको भए अधिकांश सडक दुर्घटना हुनबाट जोगाउन सकिने पनि प्रवक्ता न्याउडेले भन्नुभयो ।

उहाँले भन्नुभयो, “सडकका हरेक प्रयोगकर्ताले जिम्मेवारीबोध गर्नु पर्दछ, तिब्र गति नै दुर्घटनाको मुख्य कारण हुने गरेको छ ।”

विगतमा गरिएका केही अध्ययनमा मलावीमा सडक दुर्घटना हुनुमा ट्राफिक प्रहरीलाई पनि दोषारोपण गरिएको थियो । सवारी चालक प्रमाणपत्र दिँदा अयोग्य व्यक्तिलाई पनि ट्राफिक प्रहरीले घुस लिएर त्यस्तो प्रमाणपत्र वितरण गर्ने गरेको आरोप लाग्ने गरेको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !