लेगोस, २१ जेठ । नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् ।
नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गर्नुभएको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ ।
लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता एन्टीघाले बताउनुभयो ।
इस्लामिक लडाकूसँगको भिडन्तका क्रममा गोली लागेर सेनातर्फ चार जना घाइते भएका थिए । संयुक्त सेनाले गत फेब्रुअरीमा पनि बोको हराम समूहमा आबद्ध लडाकूहरु बिरुद्ध संयुक्त सैनिक कारबाही गरेको थियो । (रासस-सिन्ह्वा)