१२ असार २०८१, बुधबार

जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने


shinjo-aabe

टोकियो, १९ जेठ । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ ।

उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ ।
इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् ।

मिनिची सिम्बुन अखबारका अनुसार जापानका प्रधानमन्त्री र तेहरानका सर्वोच्च नेताका रुपमा आबे र खामेनीबीच पहिलो पटक भेट हुन लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्नो औपचारिक जापान भ्रमणका क्रममा इरानसँग वार्ता गर्ने विषयमा आफू खुला रहेको बताउनुभएको थियो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !