१२ असार २०८१, बुधबार

इराकी बिस्फोटनमा चारको मृत्यु


Greece fire

बग्दाद, १७ जेठ । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ ।

किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त बिस्फोटका कारण एक जना प्रहरीको पनि मृत्यु भएको जानकारी दिनुभयो ।

सुरक्षाकर्मीले किर्कुक बिस्फोटका बारेमा अनुसन्धान थालेको छ । सडकमा बम राख्दै गरेको देखिएका दुई वटा शंकास्पद कारको खोजी भइरहेको उहाँले बताउनुभयो ।

मिश्रित जातीय बसोबास रहेको किर्कुकको केही भाग अर्ध स्वशासित कुर्दिस्तान पनि रहेको छ ।

उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेट्सले किर्कुकमा सुरक्षाफौजमाथि लक्षित गरी निरन्तर आक्रमण गर्ने गरेका छन् । यही समूहले मानिसहरुको भिडभाड हुने स्थान, बजार, कफि पसल तथा मस्जिदलाई पनि लक्षित गर्ने गरेका छन् ।

सन् २०१७ मा इराकी सुरक्षाफौजले आइएसलाई पराजित गरेयता ठूला आक्रमणका घटनामा नाटकीय रुपमा कमी आएको छ । तर आइएसका लडाकूहरु अझै पनि शहरी इलाकामा लुकेर बसेका र बेलाबखत आक्रमण गर्ने गरेको देखिएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !