१५ असार २०८१, शनिबार

चीनमा कोइला खानीमा ५ जना मारिए


china

चाङ्शा, १५ जेठ । चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइए पनि पाँच जनाको ज्यान गएको थियो । घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ । ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो ।

स्थानीय सरकारले खानी दुर्घटना न्यूनीकरण गर्न आदेश दिएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !