१७ असार २०८१, सोमबार

अन्दमान निकोबारमा भूकम्प


शक्तिशाली भूकम्प

पोर्ट ब्लेयर, ८ जेठ । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर मुनि रहेको थियो ।

मङ्गलबार बिहानीपख निकोबार द्वीपमा ४.१ म्याग्नीच्यूडको भूकम्प गएलगत्तै अन्दमानमा पनि भूकम्प गएको थियो । निकोबारमा भने बिहान २ बजेर ४ मिनेटमा भूकम्प गएको थियो ।

अन्दमान र निकोबार द्वीप भूकम्पीय जोखिममा रहेका क्षेत्रहरु हुन् । गत अप्रिल १ का दिन यस क्षेत्रमा साना तथा मझौला किसिमका २० वटा भूकम्प गएका थिए । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !