![शव](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/death-of-people-cold.jpg?fit=560%2C390&ssl=1)
बामाको, ६ जेठ । मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ ।
सो आक्रमणमा परी चार सर्वसाधारण, दुई प्रहरी र एक सीमा शुल्क विभागका अकृधितको मृत्यु भएको सुरक्षा र सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।
मालीको कोउरीमा रहेको सीमाचौकीमा आइतबार राति सशस्त्र हतियारधारीहरु सो आक्रमण गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ ।
आक्रमण गर्ने ती व्यक्तिहरुको परिचय भने खुल्न सकेको छैन् । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् । (रासस/एएफपी)