१७ असार २०८१, सोमबार

सेप्टेम्बरमा ‘आकस्मिक निर्वाचन’ गर्ने अष्ट्रियाली राष्ट्रपतिको पहल


Nepalpatra

भियना, ५ जेठ । अष्ट्रियाली राष्ट्रपति अलेक्जेण्डर भान बेलेनले आफुले आगामी सेप्टेम्बरमा आकष्मिक निर्वाचन गर्न चाहेको आइतबार बताउनुभएको छ ।

राष्ट्रपतिको उक्त भनाई भष्टाचार काण्डलाई लिएर सरकार ढलेपछि आएको हो ।

नयाँ आकस्मिक निर्वाचनको मिति घोषणा भइसकेको छैन । तर राष्ट्रपति भान देर बेलेनले चान्सलर कुर्जसँगको भेटपछि सञ्चारकर्मीसँग भन्नुभयो, “मेरो पहल आकस्मिक निर्वाचन सेप्टेम्बरमा गर्नका लागि हुनेछ ।”

अष्ट्रियाली ‘भाइस चान्सलर’ तथा दक्षिणपन्थी दल फ्रिडम पार्टीका नेता हेन्ज क्रिश्चियन स्टार्चले आफुमाथि भ्रष्टाचारको आरोप लागेपछि नैतिकताका आधार देखाउँदै शनिबार पद तथा पार्टी नेतृत्वबाट राजिनामाको घोषणा गर्नुभएको थियो । उहाँमाथि राजनीतिक सहयोगका लागि सरकारी करार कुनै शक्तिशाली समूहलाई पारिदिन सम्झौता गरेको आरोप लागेको थियो ।

भाइस चान्सलरको राजिनामा चान्सलर सेवास्टियन कुर्जले स्वीकृत गर्नुभएको स्टार्चले बताउनुभएको छ ।(रासस/एफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !