१७ असार २०८१, सोमबार

फिलिपिन्समा कार दुर्घटना, आठ जनाको मृत्यु


शव

मनिला, ३ जेठ । मध्य फिलिपिन्सको लेटे प्रान्तमा शुक्रबार बिहान यात्रुबाहक भ्यान र सानो ट्रक जुध्दा आठ जनाको मृत्यु हुनुका साथै अरु १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यत्ति एकै परिवारका रहेको बताएको छ ।

दुर्घटनाग्रस्त भ्यान ताक्लोबान शहरतर्फ गइरहेको थियो भने ट्रक बाबाटगोनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुबै सवारीसाधन तीव्र गतिमा रहेका थिए । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !