१९ असार २०८१, बुधबार

यमनमा दुई दिनमा ८३ जनाको मृत्यु


शव

एडेन, यमन, ३ जेठ । यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् ।

द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरु रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

हुथीहरुले विषेश गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुको पहलमा शान्ति सम्झौताको पहल भइरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन् ।

हुथी विद्रोहीहरुले आफ्ना दुई ओटा ‘अराम्को पम्पीङ स्टेशन’ मा पनि आक्रमण गरेको साउदी अरबले बताएको छ ।

साउदी अरब नेतृत्वको गठबन्धनको सहयोग र समर्थन पाएको यमनी सरकारले हुथी विद्रोही विरुद्ध कारबाही चलाइरहेको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !