![शव](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/death-of-people-cold.jpg?fit=560%2C390&ssl=1)
बग्दाद, २ जेठ । इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।
प्रान्तीय शहर किर्कुकको पश्चिम भागमा अवस्थित हवीजाह शहरनजिकै आइएस लडाकू समूहले एक सवारी साधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार सङ्घीय प्रहरी अधिकृतको मृत्यु भएको हो ।
आक्रमण भएको सो इलाका अफगानिस्तानको राजधानी बाग्दादबाट २५० मिटर उत्तरमा अवस्थित रहेको बताइएको छ ।
किर्कुक शहरबाट ३० किलोमिटर दक्षिणमा पर्ने रसहाद शहरनजिकै रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका छन् ।
सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले गरेको कारबाहीमा परी अतिवादी आतङ्ककारी समूह आइएस देश भरी नै पराजित भएपछि यहाँको सुरक्षा अवस्थामा नाटकीय रुपबाट सुधार भएको थियो । (रासस /सिन्ह्वा)