१९ असार २०८१, बुधबार

बेयरस्ट्रोको शतक, पाकिस्तान पराजित


क्रिकेट

ब्रिस्टोल, १ जेठ । जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले पाकिस्तानलाई मङ्गलबार छ विकेटले पराजित गरेको छ । विश्वकप क्रिकेटको आयोजक इङल्यान्डको उक्त विजयले इङल्यान्ड टिमको मनोबल पनि उच्च भएको छ ।

बेयरस्ट्रोले व्यक्तिगत १२८ रन बनाएका थिए । यो जितसँगै पाँच खेलको यस शृङ्खलामा इङल्यान्ड २–० ले अघि छ ।

इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए ।

पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा ३५८ रनको उच्च स्कोर खडा गरेको थियो । पाकिस्तानका लागि इमाम उल हकले व्यक्तिगत १५१ रनको योगदान गरेका थिए । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !