१९ असार २०८१, बुधबार

अफगान कारागारमा तनाब, चार जनाको मृत्यु


Afgansthan

काबुल, १ जेठ । अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो । तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनुभयो । उक्त घटनाका बारेमा छानबिन शुरु भएको छ । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !